तनहुँ । तनहुँको व्यास नगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार दीपकराज जोशीले अग्रता कायम राखेका छन् । वैशाख ३० गते भएको निर्वाचनको दिन झडप भएपछि व्यासको एउटा वडामा बुधवार निर्वाचन भएको थियो । कांग्रेस उम्मेदवार बैकुण्ठ न्यौपानेलाई पछि पार्दै जोशीले अग्रता लिएका हुन् ।
पछिल्लो नतिजा अनुसार जोशीले ५२६६ मत पाउँदा न्यौपानेले ४८२४ मत पाएका छन् । उनीहरूबीचको मतान्तर ४४२ रहेको छ । कांग्रेस नेता गोविन्दराज जोशीका छोरा समेत रहेका दीपकराजलाई नेकपा एमालेले समर्थन गरेको छ ।
प्रकाशित मिति : २०७९ जेष्ठ ६ गते शुक्रवार





