चितवन । भरतपुर महानगरपालिकाको मेयर पदमा सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रकी रेनु दाहालले अग्रता बढाउँदै लगेकी छन्।
हालसम्म गणना भएको ४५ हजार ७ सय ६२ मतमध्ये रेनुले १७ हजार २ सय ९० मतसहित अग्रता कायमै राखेकी छन्। उनलाई एमाले गठबन्धनका विजय सुवेदीले १४ हजार ०२६ मत ल्याएर पछ्याइरेहका छन्।
स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ७०४० मत पाएका छन्। यस्तै उपिमेयरतर्फ गठबन्धनका साझा उम्मेदवार चित्रशेन अधिकारीले १९ हजार ८४८ मतसहित अग्रता बढाउँदै लगेका छन्।
उनलाई राप्रपाका हिमला गुरूङले ले ११२१९ मत ल्याएर पछ्याइरहेकी छन्।
प्रकाशित मिति : २०७९ जेष्ठ ५ गते बिहिवार





