गाउँपालिकाकाे दीर्घकालीन विकास याेजना सहित चुनावी मैदानमा राजनप्रसाद घिमिरे



ललितपुर । काेञ्ज्याेसाेम गाउँपालिकामा गठबन्धनका तर्फबाट उम्मेदवार बनेका राजनप्रसाद घिमिरे यतिवेला चुनावी अभियानमा सक्रिय छन्। सामाजिक रुपान्तरणका लागि खेलेको भूमिकाका कारण स्थानीयस्तरमा अत्यन्तै लाेकप्रिय रहेका घिमिरे एक इमानदार र निष्ठावान व्यक्तित्व हुन् । गाउँपालिकाकाे उपाध्यक्ष पदमा उम्मेदवार भई मत माग्न व्यस्त रहेका घिमिरे जनताको सुखदुःखमा साथ दिने व्यक्ति हुन् । उपाध्यक्षका लागि उम्मेदवार घिमिरेसंग काेञ्ज्याेसाेम गाउँपालिकाकाे आर्थिक सामाजिक रुपान्तरणका साथै पर्यटन क्षेत्रकाे विकास गर्ने दीर्घकालीन साेच तथा याेजना रहेकाे छ ।

काेञ्ज्याेसाेमबासीको आर्थिक उपार्जन र रोजगारी सिर्जनाका लागि यहाँको सम्भावना कृषि र पर्यटन भएको घिमिरेकाे भनाई छ । यसको विकास, विस्तार र प्रवर्धनमा आफू निर्वाचित भएपछि पहिलो प्राथमिकतामा राखेर अगाडी बढ्ने उनी वताउँछन्। गाउँपालिकाकाे वडा नं. २ शंखु र ३ दलचोकी दुग्ध उत्पादनका लागि मुख्य क्षेत्र रहेकाले त्यसलाई जोडेर किसानमैत्री कार्यक्रमहरु तथा तरकारी फलफुल उत्पादनका क्षेत्रलाई अगाडी बढाएर आर्थिक उपार्जनका कार्यक्रमहरु तय गर्ने घिमिरेले बताए।

तामाङ्ग समुदायको संस्कृतिको रुपमा रहेको सगुनको रुपमा प्रयोग हुने रक्सी वा मदिरालाई गाउँपालिकामार्फत प्रमाणीकरण गरी बजारीकारण गर्दै नल्लु, भारदेउ तथा चौघरेका नासिन्दाको आर्थिक स्थिति मजबुत बनाउने योजना रहेको समेत उनले सुनाए। विदेशबाट आउने ब्राण्डका रक्सीहरु अति महँगोमा किन्नुपर्ने तर स्वदेशी र स्थानीय अर्ग्यानिक उत्पादनको बजार नपाउने स्थितिको अन्त्य गर्न आफ्नो यस्तो योजना रहेको उनको भनाई छ। सडक पूर्वाधारको सन्दर्भमा दक्षिण ललितपुर जाने मुख्य सडकको रुपमा रहेका बिर्खेधारा, दल्चोकी, शंखु इकुडोल सडक, मध्यमार्गी सडक र लेले चन्दनपुर सडक स्तरोन्नति गर्दै कालोपत्रे गर्ने तथा अन्य शाखा सदकहरुलाई ग्राबेलिङ्ग गरी अगाडि बढाउन सके स्थानीय उत्पादनले बाह्रै महिना बजार पाउने भएकाले त्यसतर्फ आफ्नो ध्यान जाने उनले बताएका छन्।

उपाध्यक्षमा निर्वाचित भएपछि आफू संयोजक रहने न्यायिक समितिमा महिलाहरुको सहभागितालाई प्राथमिकता दिंदै महिलामैत्री पालिका बनाउने घिमिरेको योजना छ।

काे हुन् राजनप्रसाद घिमिरे
वि.सं २०४५/०४६ सालदेखि नै नेपाल विद्यार्थी संघकाे राजनीतिमा क्रियाशील रहेका राजन प्रसाद घिमिरे पाटन संयुक्त क्याम्पसका पूर्व स्ववियु सदस्य समेत हुन् । निबर्तमान क्षेत्रीय सभापति समेत रहेका घिमिरे नेपाली कांग्रेसकाे संगठन निर्माणमा महत्त्वपूर्ण भूमिका खेलेका बाैद्धिक व्यक्तित्ब हुन्। नेपाली कांग्रेसका कार्यकर्ताहरुकाे सुखदुःखमा साथ दिन सक्ने क्षमताका कारण लाेकप्रिय घिमिरे भाषणकलामा पाेख्त प्रभावशाली व्यक्ति हुन् । स्थानीय विकास निर्माणका साथै ग्रामीण क्षेत्रका जनताको जीवनस्तर उकास्नका लागि घिमिरेकाे याेगदान महत्त्वपूर्ण छ ।

स्थानीय तह निर्वाचन २०७९ का लागि काेन्ज्याेसाेम गाउँपालिकाकाे गठबन्धनकाे उम्मेदवारहरुकाे संकल्प
१. कृषि र पर्यटन क्षेत्रकाे विकास र विस्तार गर्न
२. युवा लक्षित स्वराेजगारमुलक कार्यक्रमहरु सञ्चालन गर्न
३. भाैतिक पूर्वाधारहरुकाे पर्याप्त विकास गर्न ४. शिक्षा, स्वास्थ्य तथा सामाजिक क्षेत्रमा नागरिकको सहज पहुँच पुर्याउन
५. आर्थिक, सामाजिक रुपान्तरणका साथै धार्मिक, सांस्कृतिक पहिचान युक्त गाउँपालिकाका रुपमा स्थापित गर्न
६. खनिजजन्य पदार्थको पहिचान गरी व्यवसायिक रुपमा व्यवस्थापन गर्न।
७. स्थानीय नागरिकहरुकाे दैनिक पेशा, व्यवसायलाई व्यवस्थित र प्रमाणिकरण गरि उचित बजारिकरण गर्न,
८. सार्वजनिक सेवा प्रशासनलाई व्यवस्थित र नागरिकमैत्री बनाउन ।
९. न्यायीक निरुपणमा पारदर्शिता कायम गर्न
१०. जेष्ठ नागरिक, दलित, जनजाति, अपाङ्ग, महिला, बालबालिका,उत्पीडित तथा लक्षित वर्गका कार्यक्रमहरु प्रभावकारी रुपमा सञ्चालन गर्न ।
११. वातावरणमैत्री आधुनिक समाज तथा पर्यावरणमैत्री जीवनचक्रमा प्राकृतिक न्याय सिद्धान्तको जीवन्तता प्रदान गर्न।

प्रकाशित मिति : २०७९ बैशाख २७ गते मङ्गलवार