आज विश्वासको मत लिँदै मुख्यमन्त्री शाक्य, पद जाने पक्का !



काठमाडौं । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज विश्वासको मत लिँदै हुनुहुन्छ । बागमती प्रदेशसभाको बुधबार बस्ने बैठकमा मुख्यमन्त्री शाक्यले विश्वासको मत लिन लाग्नु भएको हो ।

उता विश्वासको मत लिनका लागि सबै तयारी भइसकेको पनि बागमती प्रदेश सचिवालयले जनाएको छ । गएको भदौ २ गते नेकपा एमालेको तर्फबाट मुख्यमन्त्रीमा नियुक्त हुनुभएकी शाक्यले आज विश्वासको मत प्राप्त गर्न नसेको अवस्थामा पदबाट हट्नु पर्नेहुन्छ र नयाँ मुख्यमन्त्रीको बाटो खुल्नेछ । उता सत्तासाझेदार गठबन्धनका दलहरुले भने नयाँ सरकार गठनको लागि यसअघि नै तयरी गरिरहेका छन् ।

बाग्मतीमा १०९ सांसद रहेका छन् । मुख्यमन्त्रीमा कायमै रहन शाक्यलाई ५५ सांसदको आवश्यकता रहेको छ । तर अहिले नेकपा एमालेसँग ४३ सांसद रहेका छन् । यदी अन्य दलबाट शाक्यलाई साथ नरहे मुख्यमन्त्रीमा रहीरहन मुस्कील पर्नेछ । असोज २४ गतेको बैठकमा मुख्यमन्त्री शाक्यले विश्वासको मतसम्बन्धी प्रस्ताव टेबुल गरेकी थिइन्। सरकारको नेतृत्वमा रहेको पार्टी विभाजित भएको खण्डमा मुख्यमन्त्रीले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।

प्रकाशित मिति : २०७८ कार्तिक १० गते बुधवार