काठमाडौं । नेकपा एमालेका अध्यक्ष र्एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन सदावहार ठीक रहने बताएका छन् आइतबार नेकपा एमाले केन्द्रीय कमिटी बैठकमा संसद विघटन हिजो, आज र भोलि पनि ठिक रहने बताएका हुन् ।
उनले भने, ‘ताजा जनादेशमा जाने कुरा राम्रो हो, राम्रो भएकैले संसद विघटन गरिएको हो तर पार्टी अध्यक्ष र प्रधानमन्त्रीलाई पछार्नका लागि जुन तानावाना बुनियो । ताजा जनादेशमा जाने कुरा हिजो पनि ठिक थियो, आज पनि ठिक छ र भोलि पनि ठिक हो ।’
बैठकमा अध्यक्ष ओलीले माओवादीसँगको पार्टी एकता सोच विचार गरेरै गरेको तर, बीचमा अनेक षड्यन्त्र हुँदा संसद विघटन भएको पनि बताएका छन् ।उनले भने, ‘माओवादीसँगको एकता सोचविचार गरि नै गरेको हो । तर त्यो एकता भंग गर्न जुन ढंगको षड्यन्त्र भयो, त्यसलाई चिर्न नसक्दा विघटन रोक्न सकिएन ।’,बैठक आगामी असोज १५–१७ गते हुने विधान महाधिवेशनमा पेश हुने राजनीति, सांगठनिक र विधान संशोधन प्रस्तावमाथि छलफल गर्न आयोजित कार्यक्रम थियो ।
शनिबार सातै प्रदेशका टोली नेता र अन्य ३ गरि १० वटा समूहका टोली नेताले आफ्नो बैठकमा आफ्नो सुझाव राखेका थिए । आज आइतबार १० समूहका टोली नेताले तयार पारेको सुझाव प्रतिवेदनबारे अध्यक्ष ओली, महासचिव ईश्वर पोखरेल र उपमहासचिव विष्णु पौडेलले जवाफ दिने कार्यक्रम थियो ।





