असोज ६ गतेदेखि ७० लाख कित्ता आईपिओ निष्काशन गर्दै साहस उर्जा, कति दिने आवेदन ?



काठमाडौं । साहस उर्जा लिमिटेडले यही असोज ६ गतेदेखि सर्वसाधारणका लागि ७० लाख कित्ता साधारण सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले २९ गतेदेखि पहिलो चरणमा ३५ लाख कित्ता सेयर आयोजना प्रभावित स्थानियहरुका लागि बिक्री गरिसकेको छ ।

कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि ७० करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न लागेको हो । यस अनुसार कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका ७० लाख कित्ता साधारण सेयर निष्काशन गर्नेछ।

निष्काशन गरिने कुल शेयरमध्ये ३ प्रतिशत अर्थात २ लाख १० हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ३ लाख ५० हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । सर्वसाधारणले बाँकी ६४ लाख ४० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

आईपीओमा सर्वसाधारणले असोज ६ गतेदेखि असोज १० गतेसम्म आवेदन दिन सक्नेछन् । सो अवधिमा पूर्ण आवेदन नपरेमा असोज २० गतेसम्म आवेदन दिने मिति लम्बिनेछ । न्यूनतम १० कित्ताका देखि अधिकतममा १० लाख ५० हजार कित्तासम्म शेयर खरिदका लागि आवेदन दिन सकिनेछ ।

कम्पनीको उक्त साधारण शेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटल लिमिटेडले गर्नेछ । लगानीकर्ताहरुले धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट तथा सीडीएस एन्ड क्लियरिङद्वारा सञ्चालित मेरो सेयर अनलाइन प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।

प्रकाशित मिति : २०७८ भाद्र ३० गते बुधवार