
मंगलबारदेखि कतारकाे तापक्रम बढ्ने कतारकाे माैसम विभागले जनाएको छ । मंगलबारदेखि हप्तैभरि तापक्रम ३ देखि ४ डिग्री सेल्सियससम्म वृद्धि हुने विभागको दाबी छ ।
एक ट्विट गर्दै विभागले सतर्कता अपनाउन अनुरोध गरेको छ । दाेहाकाे तापक्रम ४५ डिग्री सम्म पुग्ने विभागको अनुमान छ भने मध्य र दक्षिणी भागको तापक्रम त्यो भन्दा माथि पुग्ने विभागको अनुमान छ ।
A noticeable rise in temperatures from Tuesday until the end of this week around 3 to 4 degrees higher than the usual average, as the maximum temperature in Doha is expected to reach 45 ْC , and more than that especially in the central and southern regions. #Qatar pic.twitter.com/Nc6xbvPIkm
— أرصاد قطر (@qatarweather) June 27, 2021
कतारमा नेपाली भाषाको रेडियो कार्यक्रम चलाउन द्धिपक्षीय छलफल !
कतारमा रहेका नेपालीलाई यहाँको नियम-कानून तथा कला–संस्कृतीबाट सूसुचित गर्ने उद्देश्यका साथ कतार मिडिया को–अपरेशनका प्रमुख निर्देशक अब्दुल्लाह बिन हमाद अल–थानी र कतारका लागि नेपाली राजदूत डा.नारदनाथ भारद्धाजबीच छलफल भएको छ।
कतार मिडिया अफिसमा बिहीबार बिहान सम्पन्न भेटघाट कार्यक्रममा यहाँ कार्यरत नेपालीलाई कसरी सूसुचित गर्ने विषयमा द्धिपक्षीय छलफल भएको थियो। कतारमा हाल साढे तीन लाख नेपाली कार्यरत छन्। कतारको नियम–कानून, भाषा र यहाँको जीवनशैली नबुझ्दा थुप्रै अन्यौलता कायम रहेको छ। यसलाई सहजीकरण गर्ने विषयमा थानी र राजदूत भारद्धाजबीच चर्चा भएको थियो। नेपालीलाई कतारको जीवनशैली तथा कानूनी पक्षबारे जानकारी गराउन नेपाली भाषामै कार्यक्रम सञ्चालन गर्ने विषयमा पनि चर्चा भएको राजदूत भारद्धाजले प्रवास खबरलाई बताए।
यस्तै, कतारी जनताहरूलाई पनि नेपालको कला, संस्कृति तथा जीवनशैलीबारे अवगत गराउन मिडियामैत्री कार्यक्रम प्रभावकारी हुने राजदूत भारद्धाजको कथन थियो। ‘यहाँ भएका नेपालीलाई कतारको नियम–कानून तथा भाषा थाहा नहुँदा केही अन्यौलता सिर्जना हुने गरेको छ। यसको सहजीकरण मिडियामार्फत हुने कुरामा सहमती बनेको छ,’ राजदूत भारद्धाजले प्रवास खबरलाई बताए।
कतारस्थित नेपाली दूतावास र कतार मिडिया को–अपरेशनको साक्षेदारीमा सूचना मुलुक रेडियो कार्यक्रम चलाउने विषयमा पनि सकारात्मक कुराकानी भएको भारद्धाजले बताए।