कहिलेकाही आँखा खोलेर अगाडी बढ्ने बाटो नदेखे, आँखा बन्द गरेर हेर्नुपर्छ !



१२. जित्ने मान्छे त्यही हो जसलाई मैले जित्न सक्छु भन्ने विश्वास छ । – राल्फ वाल्डो इमर्सन
११. गुंण एकान्तमा विकसित हुन्छ भने चरित्रको निर्माण, संसारको भिषण कोलाहलको बीचमा हुन्छ । – गेटे
१०. कहिलेकाही आँखा खोलेर पनि अगाडी बढ्ने बाटो नदेखे, आँखा बन्द गरेर हेर्नुपर्छ। – पल गाउगुइन
९. जीवनको बारेमा बुझ्न छ भने, प्रकृतिलाई गहिर्याइमा गएर बुझ्न कोशिस गर्नुहोस्। – अल्बर्ट आइन्स्टाइन
८. जब सम्म हामी स्वयम् आफुलाई कुनै कुरामा सम्झाउन सक्दैनौ, तब सम्म हामी अरु कसैलाई पनि केहि कुरा सम्झाउन सक्दैनौ। – दलाई लामा

७. मिलिजुली काम गर्नुको फाइदा के हुन्छ भने, तपाईको पक्षमा सधैँ कोही न कोही तपाईले पाउनुहुनेछ। – मार्गरेट कार्टी
६. आफुमा अरुको रुचि बढाएर मित्र बनाउनेहरुको भन्दा अरुमाथि रुचि दिनेहरुको साथिहरु साचो र धेरै हुन्छन्। – चार्ल्स ऐलन
५. आफु काम गर्ने कम्पनिलाई हैन आफ्नो कामलाई माया गर्नुहोस्, किनकी तपाईको कम्पनिले तपाईलाई कुनै दिन माया नगर्न सक्छ। – डा. अब्दुल कलाम
४. आज भन्दा एक वर्ष पछि तपाईले सोच्नुहुन्छ कि तपाईले आजकै दिनबाट शुरुवात गरेको भए हुनेथियो। – केरेन लेम्ब
३. सधैँ याद राख्नुहोस्, तपाई आज जुन वृक्षको छाहारीमा बस्नुभएको छ त्यो धेरै समय पहिला कसैले रोपेको सानो विरुवा थियो। – वॉरन बफैट
२. आलोचनाबाट बच्ने एउटा उपाय छ : केहि नगर्नु, केहि नभन्नु अनि केहि बन्ने उद्देश्य नराख्नु। – अरस्तु
१. कुनै कार्य गर्नु बारे धेरै सोच्नु, त्यो कार्य बिग्रिनुको कारण बन्न सक्छ। – ईवा यंग

प्रकाशित मिति : २०७६ फाल्गुन २२ गते बिहिवार