बालेन-मोदीबीच हैदरावाद हाउसमा भेटवार्ता जारी



काठमाडौं । भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री बालेन शाह र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता जारी छ । नयाँदिल्लीस्थित हैदरावाद हाउसमा मोदीले शाहलाई स्वागत गरेका थिए ।

उनीहरूबीच अहिले वान अन वान भेटवार्ता भइरहेको छ । यसपछि द्विपक्षीय प्रतिनिधिमण्डलस्तरमा भेटवार्ता भइ केही सम्झौता र सहमतिमा हस्ताक्षर गर्ने तयारी छ । त्यसपछि दुवै देशका प्रधानमन्त्रीले सम्बोधन गर्ने छन् । प्रधानमन्त्री शाह मोदीले आयोजना गरेको दिवाभोजमा सहभागी हुनेछन् ।

त्यसपछि शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग राष्ट्रपति भवनमा शिष्टाचार भेट गर्ने तय भएको छ । यसअघि भारतीय राष्ट्रपति भवनमा प्रधानमन्त्री बालेनप्रति भारतीय सेनाले सम्मान गारत अर्पण गरेको थियो ।

सम्मान ग्रहण गरेपछि महात्मा गान्धीको समाधिमा पुष्पहार अर्पण गर्न बालेन राजघाट पुगेका थिए । भ्रमणका सबै कार्यक्रम सकेर प्रधानमन्त्री बालेन सोमबार साँझ नै स्वदेश फर्किने छन् ।

प्रकाशित मिति : २०८३ मङ्सिर ८ गते सोमवार