एकसाथ देखिए सी, पुटिन र मोदी



काठमाडौँ । भारतको नयाँदिल्लीमा जारी ब्रिक्स शिखर सम्मेलनका क्रममा चिनियाँ राष्ट्रपति सी चिनफिङ, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी एकसाथ देखिएका छन्। सम्मेलनस्थलमा तीनै नेता हात समातेर हिँडेको दृश्य प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल एक्समार्फत सार्वजनिक गरेका हुन्। भूराजनीतिक तनावबीच देखिएको तीन नेताबीचको आत्मीयतालाई अर्थपूर्ण रूपमा हेरिएको छ।

सेप्टेम्बर १२ र १३ मा भइरहेको सम्मेलनको पहिलो दिन ‘नयाँदिल्ली घोषणापत्र २०२६’ सर्वसम्मत रूपमा पारित भएको छ। घोषणापत्रमा एकपक्षीय जबर्जस्ती उपायको विरोध, आणविक जोखिमप्रति चिन्ता तथा विश्वव्यापी व्यापार, आपूर्ति शृंखला र ऊर्जा प्रवाह सहज बनाउन सहकार्यको आवश्यकता औँल्याइएको छ।

प्रकाशित मिति : २०८३ भाद्र २७ गते शनिवार