बागमतीको सत्ता समीकरणको खेलमा नलाग्ने राप्रपाको निर्णय



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बागमती प्रदेशको सत्ता समीकरणको गणितीय खेलमा सहभागी नहुने निर्णय गरेको छ। संसदीय दलको बैठकले केन्द्रीय कार्यसम्पादन समितिको निर्देशनअनुसार सरकार गठन वा सत्ता समीकरणमा नजाने निर्णय सर्वसम्मतिले गरेको हो।

बागमती प्रदेशमा सरकार गठनका लागि ५३ सांसदको समर्थन आवश्यक पर्छ। एमाले र नेकपासँग संयुक्त रूपमा ५१ सांसद मात्रै रहेकाले बहुमत जुटाउन अन्य साना दलको समर्थन खोज्नुपर्ने अवस्था बनेको छ। राप्रपाको यो निर्णयले प्रदेश सरकार गठनको समीकरण थप जटिल बनेको छ।

प्रकाशित मिति : २०८३ साउन २२ गते शुक्रवार