१० हजार सामुदायिक विद्यालयमा इलर्निङ, भर्चुअल कक्षा, एआई



ramchandra

सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममार्फत १० हजार सामुदायिक विद्यालयमा इलर्निङ, भर्चुअल कक्षा, खुला डिजिटल सामग्री र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मा आधारित सिकाइ प्रणाली विस्तार गरिने जनाएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार संघीय संसद्‌मा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै विद्यालयहरूमा उच्च गतिको इन्टरनेट र डिजिटल सामग्रीको पहुँच सुनिश्चित गर्दै विद्यालयको भौतिक तथा शैक्षिक पूर्वाधार सुधारका लागि एकीकृत योजना कार्यान्वयन गरिने उल्लेख गरे । ‘दस हजार सामुदायिक विद्यालयमा उच्च गतिको इन्टरनेट डिजिटल सामग्री र कृत्रिम बुद्धिमत्तामा आधारित सिकाइ प्रणाली विस्तार गरिनेछ,’ उनले भने ।

प्रकाशित मिति : २०८३ बैशाख २८ गते सोमवार