काठमाडौं । बालेन्द्र शाहले प्रतिनिधि सभा निर्वाचनको चुनावी खर्च विवरण निर्वाचन आयोग मा पेस गरेका छन्। सोमबार उनले आफ्नो चुनाव प्रचारका क्रममा भएको खर्च सार्वजनिक गरेका हुन्।
उक्त विवरणअनुसार उनले चुनाव प्रचारमा १४ लाख १७ हजार २८९ रुपैयाँ खर्च गरेको उल्लेख गरेका छन्। खर्च विभिन्न शीर्षकमा गरिएको देखिएको छ।
कुन शीर्षकमा कति खर्च ?
सवारी साधन भाडा तथा इन्धन (१५ दिन, ८ वटा सवारी साधन) – २ लाख ९३ हजार ८०० रुपैयाँ
हवाई यात्रा (५ पटक) – ३५ हजार रुपैयाँ
मतदाता प्रशिक्षण कार्यक्रम (५५ जनाको खाना) – २८ हजार ९७० रुपैयाँ
वडा स्तरको घरदैलो प्रचार (१५ दिन) – ५ लाख ८० हजार रुपैयाँ
नमुना मतपत्र छपाइ – ४९ हजार ८५० रुपैयाँ
निर्वाचन क्षेत्रीय कार्यालय सञ्चालन (२ महिना)
पानी खर्च – १ लाख २० हजार रुपैयाँ
स्टेशनरी – २२ हजार ८२० रुपैयाँ
कागज तथा छपाइ (प्रचार सामग्री) – १ लाख ५७ हजार ४१ रुपैयाँ
ब्यानर, स्टिकर लगायत प्रचार सामग्री – १ लाख १९ हजार ८०८ रुपैयाँ
मनोनयन दर्ता शुल्क – १० हजार रुपैयाँ
यसरी विभिन्न प्रचार कार्यक्रम, कार्यालय सञ्चालन र प्रचार सामग्रीमा खर्च गर्दा कुल १४ लाख १७ हजार २८९ रुपैयाँ खर्च भएको विवरणमा उल्लेख गरिएको छ।






