सरकारी अध्ययनको निष्कर्षः बाल विकासमा पढेका आधा मात्र कक्षा १ मा भर्नाका लागि योग्य



प्रारम्भिक बाल विकास केन्द्रमा पढेकामध्ये आधा विद्यार्थी मात्रै कक्षा १ मा भर्नाका लागि योग्य भएको सरकारी अध्ययनले देखाएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको शैक्षिक गुणस्तर परीक्षण केन्द्र (इआरओ) ले गरेको अध्ययनले यस्तो देखाएको हो । अध्ययन अनुसार पूर्वप्राथमिक तहमा भर्ना भएर पढेकामध्ये ४९.१ प्रतिशत विद्यार्थी मात्रै विद्यालय शिक्षाका लागि तयार रहेको पाइएको छ । प्रारम्भिक बाल विकास केन्द्रका लागि तयार पारिएको मापदण्ड कक्षाकोठामा पूर्ण रूपमा पालना नगरिंँदा र उनीहरूका लागि तयार पारिएको पाठ्यव्रmमविपरीतका गतिविधि सञ्चालन गरिँंदा यस्तो समस्या देखिएको अध्ययनले निष्कर्ष निकालेको छ ।

अध्ययनमा समावेश गरिएका विद्यार्थीमध्ये पूर्वप्राथमिक तहमा भर्ना भएकामध्ये ४५.३ प्रतिशत विद्यार्थी कक्षा एकमा पढ्नको लागि तयार हुँदै गरेको पाइएको छ भने ५.५६ प्रतिशत विद्यार्थी निकै सङ्घर्षरत रहेको देखिएको छ । सङ्घर्षरत विद्यार्थीलाई सघन सहयोगको आवश्यकता रहेको अध्ययनको निष्कर्ष छ । केन्द्रले सात प्रदेशका २८० विद्यालयका तीन हजार ९७८ विद्यार्थीसँग प्रश्नावलीसहित अन्तव्रिर्mया गरेको थियो । जसमा २९ जिल्लाका विद्यार्थीलाई समावेश गरिएकामा सबैभन्दा कम अर्थात् २५ प्रतिशत विद्यार्थी कक्षा १ मा अध्ययनका लागि तयार देखिएका छन् । गण्डकी प्रदेशका विद्यार्थी सबैभन्दा धेरै अर्थात् ५९.५० प्रतिशत विद्यार्थी कक्षा १ मा अध्ययनका लागि तयार देखिएका छन् । आधा बालबालिका विद्यालयका लागि पूर्ण रूपमा तयार भएर नआउनु मुलुकको विद्यालय शिक्षा प्रणालीका लागि सुखद नरहेको केन्द्रका महानिर्देशक जयराम अधिकारीले बताउनुभयो । तीमध्ये पनि आधा नै विद्यार्थी विद्यालय शिक्षा अर्थात् कक्षा १ मा भर्नाका लागि तयार हुँदैको अवस्थामा रहनु र करिब छ प्रतिशत सङ्घर्षरत अवस्थामा रहनु दुःखद भएको महानिर्देशक अधिकारीले बताउनुभयो ।

“यस्ता बालबालिकालाई शिक्षकले थपसघन सहयोग गर्न नसकेमा बालबालिका पछाडि पर्दै जान्छन् र विद्यालयबाट बाहिरिने पनि हुन सक्छ,” अधिकारीले भन्नुभयो, “तसर्थ यस्ता बालबालिकाको पहिचान कक्षा १ देखि नै गरी बालबालिकालाई सहयोग गर्ने सिप, सहयोग तथा उत्प्रेरणात्मक व्रिmयाकलाप गर्न शिक्षकलाई अभ्यासमूलक र व्यावहारिक तालिम प्रदान गर्नुपर्ने देखिन्छ ।”

सबै बालबालिकालाई विद्यालय शिक्षाका लागि योग्य बनाउन पाठ्यव्रmमविपरीत गृहकार्य दिने अभ्यासलाई दुरुत्साहन गर्न सरोकारवाला निर्देशित सचेतना कार्यव्रmम आवश्यक रहेको केन्द्रले सुझाव दिएको छ । तथ्याङ्कीय विश्लेषण अनुसार शिक्षकको योग्यता कक्षा १० सम्म मात्रै हुँदा बालबालिकाको विकासमा उल्लेख्य नकारात्मक सम्बन्ध रहेको देखिएको पनि अध्ययनको निष्कर्ष छ । शिक्षकको योग्यता १२ कक्षा हुँदा बालबालिकाको विकास सूचकाङ्कमा उल्लेख्य र सकारात्मक सम्बन्ध रहेको पाइएको
हुनाले उनीहरूको न्यूनतम योग्यता १२ कक्षा बनाउनुपर्ने, शिक्षक छनोटका व्रmममा प्रारम्भिक बालविकाससम्बन्धी तालिम तथा विश्वविद्यालयमा सोही विषय पढेका शिक्षकलाई प्राथमिकता दिनुपर्ने, मातृभाषाले सिकाइमा सकारात्मक प्रभाव पार्ने हुँदा बालबालिकालाई मातृभाषामा सिकाइ सहजीकरण गर्न शिक्षकलाई उत्प्रेरित गर्नुपर्नेलगायतका सुझाव पनि केन्द्रले दिएको छ ।

प्रकाशित मिति : २०८२ माघ १७ गते शुक्रवार