‘अडिओ काण्ड’ ले रास्वपाबाट निकालिएका ढाकालाई हर्क साम्पाङले भित्र्याए



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वसांसद ढाकाकुमार श्रेष्ठ हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश गरेका छन् ।

दुर्गा प्रसाईँसँग मन्त्री बन्न भन्दै पैसा मागेको अडिओ सार्वजनिक भएपछि रास्वपाले साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको थियो । उनी २०७९ का समानुपातिक सांसद हुन् ।

अध्यक्ष साम्पाङले श्रेष्ठलाई आज पार्टीमा भित्र्याएका हुन् । श्रेष्ठलाई पार्टीमा भित्र्याएको फोटोसहित राख्दै साम्पाङले फेसबुकमा लेखेका छन्, ‘ढाकाकुमार श्रेष्ठ ज्युलाई श्रम संस्कृतिमा स्वागत छ ! अब लागौँ है त !’

प्रकाशित मिति : २०८२ माघ १४ गते मङ्गलवार