निर्वाचन आयोगले मान्यता नदिए देशभर आन्दोलन गर्छौं : पूर्णबहादुर खड्का



काठमाडौं । निर्वाचन आयोगले नेपाली कांग्रेसलाई मान्यता नदिए देशभर आन्दोलन गर्ने चेतावनी कांग्रेसले दिएको छ।

कार्यबाहक सभापति पूर्णबहादुर खड्काले आयोग गलत बाटोमा नजाओस् भन्ने अपेक्षा रहे पनि मान्यता नदिए गाउँ-वडासम्म चारतारे झण्डासहित आन्दोलन हुने बताए।

यस्तो अवस्थामा पार्टीको आह्वानमा कार्यकर्ता र संघ–संगठनलाई आन्दोलनमा होमिन निर्देशन दिइएको छ।

प्रकाशित मिति : २०८२ माघ ३ गते शुक्रवार