काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा सहभागी भएनन्। सोमबार बिहान सानेपास्थित पार्टी कार्यालयमा बसेको बैठकमा केन्द्रीय पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य तथा सातै प्रदेशका सभापतिहरूलाई बोलाइएको थियो।
महामन्त्रीद्वयले भने विशेष महाधिवेशनको प्रक्रिया अघि बढाउँदै आगामी २७ र २८ गतेका लागि विशेष महाधिवेशन आह्वान गरिसकेका छन्।
प्रकाशित मिति : २०८२ पुष २६ गते शनिवार





