२४ घण्टाभित्र विश्वासको मत लिन मुख्यमन्त्री यादवलाई सर्वोच्चको आदेश



काठमाडौं । सर्वोच्च अदालतले मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवलाई २४ घण्टाभित्र प्रदेशसभाबाट विश्वासको मत लिन आदेश दिएको छ। गैरसंवैधानिक रूपमा उनको नियुक्ति भएको दाबी गर्दै ७३ जना सांसदले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै अदालतले यस्तो निर्देश दिएको हो।

सर्वोच्चको आदेशअनुसार अब मुख्यमन्त्री यादवले विश्वासको मतका लागि प्रस्ताव प्रदेशसभामा पेश गर्नुपर्नेछ। विश्वासको मत पाएमा उनी पदमा कायम रहनेछन्, अन्यथा नयाँ विकल्प अघि बढाउन प्रदेश प्रमुखलाई संविधानको धारा १६८(२) बमोजिम प्रक्रिया अघि बढाउन अदालतले भनेको छ।

प्रकाशित मिति : २०८२ मङ्सिर १६ गते सोमवार