कुनै समय नेपाली युवाहरुको राजनीतिक आइकन बनेका बाबुराम भट्टराई यतिबेला राजनीतिको केन्द्रबाट ओझेलमा छन् । जनयुद्ध ताका नेपाली युवाहरुलाई युद्धमा होमिन बाबुराम प्रेरणका स्रोत मानिन्थे । बाबुराम जस्ता शिक्षित मान्छे लागेको पार्टी भनेर धेरै शिक्षित युवा जनयुद्ध र माओवादीको पक्षमा लागेको कहानी यदाकदा सुन्न पाइन्छ ।
केही वर्ष पहिले नयाँ शक्ति बनाउने भन्दै माओवादी छाडेर नयाँ यात्रामा हिँडेका बाबुराम त्यसको केही वर्षमै यति फ्लप भएकी उनको दलले कुनै संसदीय हैसियत प्राप्त गर्न सकेन । अबको निकास समावेशी विकास समृद्धि सम्भव छ हाम्रै पालामा जस्ता आदर्श वाक्य राखेर खोलिएको पार्टीको विज्ञापनले दैनिक पत्रिकाको फ्रन्ट पेज ढाकेको थियो । यत्तिको प्रचार गरेर खोलिएको पार्टीबाट पार नलागेपछि बेचैन बाबुराम त्यसपछि नेपालमा भारतले लगाएको नाकाबन्दीमा सिमानामा गएर लम्पसार सम्म पर्न तयार भए ।
अनेक घुम्ती र मोडहरुमा शक्तिको खोजीमा तल्लिन बाबुराम यतिसम्म भएकी क्षेत्रीयतावादी दलमा प्रवेश गरे । जातीय र क्षेत्रीय संकीर्णता बोकेका दलमा पनि उनको बसाई सुखदु हुन सकेन र पार्टी फुटाएर नेसपा गठन गरे । प्रतिनिधि सभाको निर्वाचन एक्लै लड्ने हिक्मत गरेनन् । छोरीलाई काठमाडौंको टिकट मिलाएर आफ्नो क्षेत्र प्रचण्डलाई छाड्न तयार भए । पछि पार्टी एकता समेत गर्ने गरि माओवादी केन्द्रसँग सहकार्य गरेका बाबुराम चुनावमा छोरी पराजित भएसँगै फेरी भड्किए र माओवादीसँग एकताको च्याप्टर क्लोज गरे यद्यपी उनका दलको नेता कार्यकता भने माओवादी प्रवेश गरे । यसपछि निरन्तर प्रचण्डको विपक्षमा लागेका बाबुराम प्रचण्डभन्दा ओली ठिक भन्ने अवस्थामा पुगे । अस्थिरताका पर्याय बनेका बाबुराम जेनजी पुस्ताको मन जित्न अनेक हत्कण्डा गर्दै छन् तर जेनजीले पत्याएका छैनन् ।
यसैबीच माओवादी केन्द्रमा पटकपटक प्रचण्डलाई चुनौती दिएर पार्टी संगठनमा राम्रो पकड बनाएका जनार्दन शर्मा माओवाद र कम्युनिष्ट छाडेर बाबुराम पथमा होमिएका छन् । प्रचण्डले माधव नेपाल लगायतका नेताहरु मिलाएर नेपाली कम्युनिष्ट पार्टी बनाएकोमा असन्तुष्टि जनाउँदै माओवाद बचाउने गफ दिएका जनार्दन अन्ततः माओवादको घर छाडेर नयाँ शक्तिको डेरामा सरे । यसरी माओवाद नै छाडेपछि माओवादीमा रहँदा उनको पक्षमा खुलेकाहरु प्रचण्डको पक्षमा लागे ।
यतिबेला घर न घाटका भएका बाबुराम र जनार्दन मिलेर प्रगतिशिल लोकतान्त्रिक पार्टी गठन गरेका छन् । रास्वपा छाडेका सन्तोष परियार समेत जोडिएर बन्न लागेको यस दलको चुनाव चिन्ह आँखा रहने पक्का भएको छ । आइतबार राष्ट्रिय सभागृहमा एक कार्यक्रमकाबीच दल घोषणाको तयारी गरिएको छ । बाबुरामको यसअघिको नयाँ शक्तिको बाटोमा हिड्ने पक्कापक्की भएको यस दलले फेरी पनि बाबुरामलाई भर र जनार्दनलाई वैचारिक घर नदिने पक्का छ ।
माधव नेपालको हात हानेर एमाले फुटाएकी रामकुमारी झाँक्री आफ्नो घर फर्किए जस्तो लाज पचार जनार्दन फर्किने अवस्था नआओस् शुभकामना !





