एनपिएलमा स्कटिस अलराउन्डर मार्क वाटले धमाकेदार शतक प्रहार गर्दै कर्णाली याक्सलाई लुम्बिनी लायन्समाथि ९ विकेटको उत्कृष्ट जित दिलाएका छन्।
१५७ रनको लक्ष्य कर्णालीले १२.२ ओभरमै १ विकेट गुमाएर पूरा गर्यो। वाटले ४४ बलमा ६ चौका र १२ छक्कासहित नटआउट ११४ रन बनाए। विल बोसिस्टो २९ रनमा नटआउट रहे।
वाटले एकै ओभरमा रोहित पौडेलविरुद्ध २६ रन प्रहार गर्दै एनपिएलमा सबैभन्दा छिटो शतक (४१ बल),एकै इनिङमा सर्वाधिक छक्का (१२),एकै इनिङमा सर्वाधिक रन (११४)*, जस्ता तीन नयाँ कीर्तिमान बनाएका छन्।
यसअघि लुम्बिनीले २० ओभरमा ८ विकेट गुमाएर १५६ रन बनाएको थियो। रोहित पौडेल ४९ रनमा आउट भए। कर्णालीका नन्दन यादवले २ विकेट लिए।
पहिलो खेल जितेको लुम्बिनी दोस्रो खेलमा पराजित भयो भने कर्णालीले पहिलो हारपछि पहिलो जीत निकालेको हो।
प्रकाशित मिति : २०८२ मङ्सिर ७ गते शनिवार





