काठमाडौं । सानिमा बैंक लिमिटेडको २१ औं वार्षिक साधारणसभा आज कार्तिक २ गते राजधानीको भाटभटेनीस्थित आम्रपाली बैंक्वेटमा संचालक समितिका अध्यक्ष तुक प्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न भएको छ।
सभाले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट बैंकको चुक्ता पुँजीको ७.३६८५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ।
यस्तै, साधारणसभाले आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित असार मसान्तसम्मको वित्तीय विवरण छलफल गरी पारित गरेको छ। साथै सानिमा क्यापिटल लिमिटेड र सानिमा सेक्युरिटिज लिमिटेडको वित्तीय विवरण समेटिएको एकीकृत वित्तीय प्रतिवेदन पनि अनुमोदन गरिएको छ।
यसै क्रममा, आर्थिक वर्ष २०८२/८३ का लागि बाह्य लेखापरीक्षक नियुक्त गर्ने र पारिश्रमिक निर्धारण गर्ने निर्णय सभाले पास गरेको छ। सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश वितरण योजनालाई पनि सभाले स्वीकृति प्रदान गरेको छ।
सञ्चालक समिति निर्वाचन
संस्थापक समूह ‘क’ बाट निम्न तीन व्यक्तिहरू सञ्चालक पुनः निर्वाचित भए:
-
तुक प्रसाद पौडेल
-
बलराम पराजुली
-
निशा कुम्पास
अग्राधिकार शेयर जारी गर्ने निर्णय
नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार सानिमा बैंकले २ अर्ब रुपैयाँ बराबरको ८.२५ प्रतिशत अबिमोच्य असञ्चिति अग्राधि





