घट्यो पेट्रोलको मूल्य, डिजेल र मट्टीतेल यथावत्



काठमाडौं । भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएसँगै नेपाल आयल निगमले पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँले घटाएको छ । नयाँ मूल्य आज राति १२ बजेदेखि लागू हुने निगमले जनाएको छ ।

नयाँ दरअनुसार काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य लिटरको १५९ रुपैयाँ कायम भएको छ, जुन पहिले १६१ रुपैयाँ थियो । दोस्रो वर्गका सहर सुर्खेत र दाङमा १५८ रुपैयाँ, र पहिलो वर्गका सहर चारआली, विराटनगर, जनकपुरलगायतमा १५६ रुपैयाँ ५० पैसा कायम गरिएको निगमले जनाएको छ ।

डिजेल र मट्टीतेलको मूल्य भने यथावत राखिएको छ ।

यसअघि चाडपर्वको समयमा निगमले मूल्य स्थिर राख्ने निर्णय गरेको थियो । इन्डियन आयल कर्पोरेसनबाट गत १५ र ३० सेप्टेम्बरमा पेट्रोलको मूल्य क्रमशः २.२९ र ०.२४ रुपैयाँ र डिजेलमा ३.४६ र २.३५ रुपैयाँ बढेर आएको थियो । तर पछिल्लो मूल्य घटेसँगै अब उपभोक्ताले केही राहत पाउने भएका छन् ।

प्रकाशित मिति : २०८२ असोज २९ गते बुधवार