देउवाको निर्देशनपछि बानियाँलाई विश्वासको मत दिन असन्तुष्ट सांसदहरू तयार, विश्वासको मत पक्का



बागमती प्रदेशमा नेपाली कांग्रेसका असन्तुष्ट सांसदहरूले अन्ततः मुख्यमन्त्री इन्द्र बानियाँलाई विश्वासको मत दिने भएका छन्।

बहादुरसिंह लामासहित १३ सांसद मंगलबार अपराह्न प्रदेशसभामा प्रवेश गरेका छन्। पार्टी सभापति शेरबहादुर देउवाले विश्वासको मत दिन निर्देशन दिएपछि आफूहरू काठमाडौँबाट फर्किएको एक सांसदले जानकारी दिए।

लामा पक्षका सांसद रामकृष्ण चित्रकार भने हाल देशबाहिर छन्। यससँगै बानियाँले विश्वासको मत पाउने लगभग निश्चित भएको छ।

प्रकाशित मिति : २०८२ साउन २८ गते मङ्गलवार