काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा(का सभापति रवि लामिछानेलाई पक्राउ गर्न प्रहरी पुगेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली बुढानीलकण्ठ स्थित हेपाली हाइट पुगेको छ ।
शुक्रवार उच्च अदालत तुलसीपुरको बुटवल इजलासले उनलाई सहकारीको रकम ठगेको कसुरमा पुर्पक्षका लागी थुनामा पठाउन आदेश गरेको थियो । न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीले सो आदेश गरेका हुन् ।
प्रकाशित मिति : २०८१ चैत्र २१ गते शुक्रवार





