चलचित्र लाज शरणमको सेन्सर पास भएको छ। केन्द्रीय चलचित्र जाँच समितिले शुक्रवार फिल्म ‘लाज शरणम’को जाँच गरेको थियो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा भएको जाँचमा मन्त्रालयका कानुन विभाग हेर्ने अधिकारी लगायतका बोर्ड सदस्यको उपस्थितमा सेन्सर जाँच गरिएको थियो । फिल्म हेरिसके पछि सेन्सर पास भएको छ ।
यस सँगै अब फिल्मलाई उच्च अदालत पाटनले दिएको आदेशले छुने छैन। फिल्म शिवरात्रीको अवसर पारेर १४ फागुनमा नै रिलिज हुनेछ।
अदालतले सेन्सर पास नभएसम्मका लागि प्रचार रोक्न आदेश दिएको थियो। तर सेन्सर सकिएपछि अब प्रचार खुला भएको हो।
प्रकाशित मिति : २०८१ फाल्गुन ११ गते आइतवार





