पोखरा । पोखरा भ्रमण वर्ष २०२५ को उद्घाटन गर्ने क्रममा बेलुन पड्किएर अर्थमन्त्री विष्णु पाैडेल र पोखरा महानगरपालिका मेयर धनराज आचार्य घाइते भएका छन् ।
पोखरा भ्रमण वर्ष २०२५ को औपचारिक उद्घाटन गर्ने क्रममा स्विच थिचेर पानसमा बत्ति बाल्ने क्रममा बेलुन आगोमा परेर बेलुन पड्किँदा अर्थमन्त्री पौडेल र मेयर आर्चाय घाइते भएका हुन् ।
अर्थमन्त्री पाैडेलले एआई जडित पानसमा बत्ति बालेर पाेखरा भ्रमण वर्ष २०२० लेखेकाे ब्यानर सार्वजनिक गर्ने क्रममा दुर्घटना भएकाे हाे । ब्यानर दुबै साइट बेलुन झुण्डाइएकाे थियाे । तर, उक्त बेलुन आगाेमा परेपछि पड्किएकाे हाे ।
प्रकाशित मिति : २०८१ फाल्गुन ३ गते शनिवार





