काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारमा सहभागी कांग्रेसका मन्त्रीहरुले काम गर्न प्रत्यक्ष असहयोग नभए पनि समस्या भने रहेको बताएका छन् । नेपाली कांग्रेसका शीर्ष नेता र मन्त्रीहरु बीच विहीबार भएको छलफलमा मन्त्रीहरुले काम गर्ने क्रममा आइपरेका समस्या र अप्ठ्याराबारे जानकारी गराएका हुन् ।
सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा संसदीय कार्यसमितिमा छलफलका लागि १० मन्त्री र २ राज्यमन्त्रीलाई डाकिएको थियो । उक्त बैठकमा प्रधानमन्त्री ओलीसँग काम गर्दा प्रत्यक्ष अप्ठ्यारो नभएपनि कहीँ न कहीँ समस्या रहेको मन्त्रीहरुले बताएको युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले बताए ।
प्रकाशित मिति : २०८१ माघ ३ गते बिहिवार





