काठमाडौं जिल्ला अदालत परिसर बाहिर बबरमहलमा अधिवक्ता दिनेश त्रिपाठीमाथि हातपात भएको छ। सहकारी पीडितका तर्फबाट वकिल रहेका त्रिपाठीमाथि अदालत परिसर बाहिर बुधबार हातपात भएको हो।
‘रविलाई थुनाउने यही हो भन्दै ममाथि हातपात गरे,’ त्रिपाठीले भने।
त्रिपाठीमाथ हातपात आरोपमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ। नियन्त्रणमा लिइएका व्यक्तिको नाम प्रहरीले खुलाएको छैन।
प्रकाशित मिति : २०८१ माघ २ गते बुधवार





