हनी ट्रयाप प्रकरण : फरार इन्सपेक्टर बिनु शाही अदालतमा उपस्थित



काठमाडौं । युवती प्रयोग गरेर बलात्कार मुद्दा फसाउने भन्दै रकम असुलेको आरोपमा फरार रहेकी प्रहरी निरीक्षक (इन्सपेक्टर) बिनुकुमारी शाही अदालत उपस्थित भएकी छिन् ।

आइतबार उनी जिल्ला अदालत ललितपुरमा उपस्थित भएकी हुन्। न्यायाधीश रिताकुमारी बख्रेलको इजलासमा उनको पेशी चढेको छ। अदालत उपस्थित भएकी शाहीको बयान सकिएपछि बहस हुनेछ। त्यसपछि पुर्पक्षका लागि थुनामा पठाउने वा साधारण तारेख तथा धरौटीमा रिहा गर्ने भन्ने आदेश आउने छ।

प्रकाशित मिति : २०८१ पुष ७ गते आइतवार