नयाँ पुस्तामाथि ओलीको कटाक्षः टुप्पाबाट पलाएकाहरूले तथ्यहीन गाली गरेको सुहाउँदैन



प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ पुस्ताका नाममा टुप्पाबाट पलाएकाहरूले तथ्यहीन गाली गरेको नसुहाउने तिप्पणी गरेका छन् । कान्तिपुर कन्क्लेभ २०२४ को समापन सत्रको परिसंवादमा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

‘म भ्रष्टाचार गर्दिनँ र गर्न दिन्नँ भन्ने दृढतामा स्पष्ट छु । गल्ती गर्नेमाथि कारबाही गर्नुपर्दा मान्छेको अनुहार हेर्दिनँ भनेको छु,’ प्रधानमन्त्री ओलीले भने, ‘हामी लोकतन्त्रका लागि लामो जेलनेल भोगेर आएका हौँ । नयाँ पुस्ताका नाममा टुप्पाबाट पलाएकाहरूले तथ्यहीन आधारमा गाली गरेको सुहाउँदैन । न्यायालयको कामलाई दबाब र झुटको प्रचारबाट प्रभावित पार्न खोज्नु उचित होइन ।’

प्रकाशित मिति : २०८१ कार्तिक २९ गते बिहिवार