अमेरिकामा मतगणना सुरू, ट्रम्पलाई प्रारम्भिक अग्रता



अमेरिकी राष्ट्रपति चुनावको मतगणना सुरू भएको छ। मंगलबार मतगणना सम्पन्न भएसँगै सुरू भएको मतगणनाको प्रारम्भमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले अग्रता लिएका छन्।

ट्रम्पले बुधबार बिहान ८ बजेसम्म १७७ इलेक्टोरल मत पाउने निश्चित भएको र डेमोक्र्याटिक उम्मेदवार कमला ह्यारिसले ९९ इलेक्टोरल मत पाउने निश्चित भएको विभिन्न अमेरिकी अखबारहरूले प्रक्षेपण गरेका छन्।

यद्यपि यो प्रारम्भिक परिणाम मात्रै हो। अहिले रिपब्लिकन बाहूल्य भएका राज्यहरूबाट मतपरिणाम आइराखेकाले ट्रम्पलाई यति धेरै अग्रता देखिएको हो।

सिनेटतर्फ ट्रम्पका ४६ उम्मेदवारले र ह्यारिसका ३५ उम्मेदवारले अग्रता लिएका छन्।

हाउस अफ रिप्रिजेन्टेटिभमा रिपब्लिकनका ७५ र डेमोक्र्याटका ५५ उम्मेदवारले अग्रता लिएको अमेरिकी अखबार द न्युयोर्क टाइम्सले जनाएको छ।

प्रकाशित मिति : २०८१ कार्तिक २१ गते बुधवार