माण्डू हाइड्रोमा सबैभन्दा बढी क्षति, खानीखोला र टुँङ्गुन ठोस्नेखोलाबाट पनि उत्पादन बन्द



काठमाडौं । बाढी पहिरोका कारण निजी क्षेत्रले निर्माण गरेका कम्तीमा २० वटा जलविद्युत आयोजनामा क्षति पुगेको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था , नेपाल (इप्पान)ले निजी क्षेत्रका जलविद्युत् आयोजना मध्ये अहिलेसम्म २० आयोजनामा क्षति पुगेको बताएको छ।

ति मध्ये मकवानपुर र ललितपुरको सिमानामा रहेको मान्डु हाइड्रो पावरमा सबैभन्दा धेरै क्षति भएको छ । २२ मेगा वाट क्षमताको यो जलविद्युत्द्यु आयोजनाको पावर हाउस पूर्णरुपमा डुबानमा परेको छ भने बाँध क्षेत्रमा पनि क्षति पुगेको छ। आयोजनामा १ अर्ब रुपैयाँ बराबरको क्षति भएको इप्पानले जनाएको छ।

  • मान्डू हाइड्रो पावरद्वारा प्रवर्धितर्धि २२ मेगा वा ट क्षमता को बागमती साना जलविद्युत् आयोजना , मकवानपुर (पावर हाउस पूर्णरुपमा डुबेको , बाँध क्षेत्रमा क्षति) करिब १ अर्ब रुपैयाँ बराबरको क्षति ।
  • खानीखोला जलविद्युत आयोजना , २ मेगा वाट, ललितपुर, पावर हाउस डुबेको , प्रसारणलाइनको टावर ढलेको , स्वीचयार्डमा क्षति , ड्याम र हेडरेस टनेलमा क्षति , पहुँचमार्ग धेरै ठाउँमा क्षतविच्छेद। करिब १० करोड रुपैयाँ बराबरको क्षति ।
  • टुँङ्गुन ठोस्ने जलविद्युत् आयोजना , ४.३६ मेगा वाट, ललितपुर, पावर हाउस डुबेको , प्रसारणलाइनको टावर ढलेको , स्वीचयार्डमा क्षति , ड्याम र हेडरेस टनेलमा क्षति , पहुँचमार्ग धेरै ठाउँमा क्षतविच्छेद। करिब १५ करोड रुपैयाँ बराबरको क्षति ।

प्रकाशित मिति : २०८१ असोज १३ गते आइतवार