१२ घण्टापछि बन्द गरियो कुलेखानी ड्यामको ढोका



काठमाडौं । मकवानपुर इन्द्रसरोवर गाउँपालिकास्थित कुलेखानी जलाशयको ढोका बन्द गरिएको छ ।

जलाशयमा खतराको सतह पार गरेपछि शनिबार बिहान ढोका खोलिएको थियो । कुलेखानी प्रथम जलविद्युत् आयोजना प्रमुख तारादत्त भट्टले वर्षा रोकिएसँगै ढोका बन्द गरिएको बताए ।

प्रकाशित मिति : २०८१ असोज १३ गते आइतवार