तामाकोशी नदीले बगायाे मुख्य प्रसारण लाइनको ७ नं टावर, काठमाडौँमा अघोषित लोडसेङ्गि



काठमाडौँ । काठमाडौँलाई‌ विद्युत् सप्लाई गर्ने मुख्य प्रसारण लाइन अवरुद्ध भएको छ । तामाकोशी नदीले खिम्ती–लामासाँघु प्रसारण लाइनको ७ नं टावर बगाएको हो।

यो १३२ केभीको प्रसारण लाइन हो । यसबाट विद्युत् आपूर्ति‌ बन्द भएपछि काठमाडौं उपत्यका प्रभावित बनेको छ। यो लाइन नबन्दासम्म काठमाडौँलाई बिजुली अपुग हुनेछ। यसले गर्दा विभिन्न स्थानमा पालो गरेर आपूर्ति गरिने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।

प्रकाशित मिति : २०८१ असोज १२ गते शनिवार