रास्वपाका पदाधिकारी र कार्यकर्ता केन्द्रीय कार्यालयमा



राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले काठमाडौं उपत्यकामा रहेका आफ्ना नेता-कार्यकर्तालाई पार्टी केन्द्रीय कार्यालय वनस्थली आउन निर्देशन दिएको छ।

आइतबार बागमती प्रदेश समितिका सभापति अच्युतम लामिछानेले ह्वाट्स एपमा सन्देश पठाउँदै पार्टी केन्द्रीय कार्यालय आउन निर्देशन दिएका हुन्।

एक नेताले दिएको जानकारी अनुसार पार्टी सभापति रवि लामिछानेसहितका नेता-कार्यकर्ता अहिले वनस्थलीस्थित रास्वपा केन्द्रीय कार्यालयमा छन्।

प्रकाशित मिति : २०८१ असोज ६ गते आइतवार