हेटौंडा । बागमती प्रदेश सरकारले सरकार गठन भएको दुई महिनापछि आइतबार न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको छ ।
६७ बुँदे साझा कार्यक्रममा योजना बैंक स्थापना देखि प्रदेश प्रहरी र अनुसन्धान युनिट स्थापनास्म्म रहेको छ । कार्यक्रममा ३ वर्ष मुनिको बालबालिका र ७५ वर्ष माथिका ज्येष्ठ नागरिकलाई नि:शुल्क स्वास्थ सेवा उपलब्ध गराइने विषय समेत उल्लेख छ ।
हाल देखिएको सहकारी समस्यालाई समाधान गर्नको लागि निर्माण गरिएको आयोगलाई नियमित काममा लगाउने पनि कार्यक्रममा उल्लेख छ ।
प्रकाशित मिति : २०८१ असोज ६ गते आइतवार





