काठमाडौँ । संघीय संसद्मा २०८० साउनदेखि २०८१ असार मसान्तसम्म ३१ लाख ५३ हजार २८२ रुपैयाँको खानेपानी संसद्मा खपत भएको छ । एक वर्षमा १२ हजार ९३३ जार खानेपानी खपत भएको हो ।
संघीय संसद् सचिवालयका अनुसार सो १ वर्षको अवधिमा संघीय संसद् भवन र सचिवालयमा समेत गरी काठमाडौँ उपत्यका खानेपानी लिमिटेडलाई २७ लाख ६३ हजार ९४४ रुपैयाँ भुक्तानी भएको छ । यस्तै तारागाउँ विकास समितिलाई ३ लाख ८९ हजार ३३८ रुपैयाँ गरी ३१ लाख ५३ हजार २८२ रुपैयाँ खर्च भएको सचिवालयले जनाएको छ ।
प्रकाशित मिति : २०८१ असोज ४ गते शुक्रवार





