बागमतीले ल्यायो ६४ अर्बको बजेट [पूर्णपाठ]



काठमाडौँ । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ६४ अर्ब ५४ करोड रुपैयाँको बजेट ल्याएको छ ।

आगामी आर्थिक वर्ष २०८१/८२ का लागि बजेट प्रस्तुत गर्दै जगन्नाथ थपलियाले आगामी वर्षका लागि ६४ अर्ब रुपैयाँभन्दा बढीको बजेट प्रस्तुत गरेका हुन् ।

बागमतीमा चालु आर्थिक वर्षको बजेट ६२ अर्ब ७१ अर्ब थियो ।

बागमती सरकारले चालुतर्फ २६ अर्ब १० करोड १६ लाख ८२ हजार रुपैयाँ, पूँजीगततर्फ ३६ अर्ब ९३ करोड ८७ लाख ४९ हजार र वित्तीय व्यवस्थातर्फ १ अर्ब ५० करोड रुपैयाँ छुट्याएको छ ।

प्रकाशित मिति : २०८१ असार २ गते शनिवार