बागमतीको नीति तथा कार्यक्रम पारित



मकवानपुर । बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । ७० सांसदको सुझाव र ९ संशोधन फेल गर्दै शुक्रबार बसेको प्रदेशसभा बैठकले सरकारको नीति तथा कार्यक्रम हुबहु पारित गरेको हो ।

प्रदेश सरकारको नीति तथा कार्यक्रम माथिको छलफलमा क्रममा ७० सांसदले बहस तथा सुझाव राखेका थिए भने ९ जना सांसदले संशोधन राखेका थिए । शुक्रबार अबेरसम्म बसेको प्रदेशसभा बैठकमा ७० सांसदको बहस गरेपछि सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित गरिएको हो ।

प्रकाशित मिति : २०८१ जेष्ठ २१ गते सोमवार