काठमाडौँ । प्रधानमन्त्री प्रचण्डले आज साँझ ५ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले प्रधानमन्त्रीले राष्ट्रको नाममा सम्बोधन गर्ने तय भएको जानकारी दिए ।
‘पुस १० गते साँझ ठिक ५ बजे प्रधानमन्त्री प्रचण्डले आफ्नो कार्यकालको १ वर्ष पुगेको अवसरमा राष्ट्रका नाममा सम्बोधन गर्न लाग्नु भएको छ’, उनले भने ।
प्रकाशित मिति : २०८० पुष १० गते मङ्गलवार





