बागमतीका मुख्यमन्त्री शालिकरामले भेटे प्रधानमन्त्री प्रचण्ड



काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन्। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार बिहान उनीहरूबीच भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

भेटमा प्रधानमन्त्री प्रचण्ड र मुख्यमन्त्री जम्मकट्टेलबीच बधाई साटासाट भएको सचिवालयले जानकारी दिएको छ। उनीहरूबीच बागमती प्रदेशको मन्त्रिपरिषद् विस्तारबारे र विश्वासको मत लिनेबारे पनि कुराकानी भएको छ।

जम्मकट्टेलले गत मंगलबार शपथ लिएर पदभार ग्रहण गरेका थिए।

प्रकाशित मिति : २०७९ पुष २८ गते बिहिवार