काठमाडौं । दैलेखको गुराँस गाउँपालिकामा गोली चलेको छ । पालिकाले करार कर्मचारीलाई हटाएको विषयलाई लिएर गरिएको प्रदर्शन उग्र बनेपछि प्रहरीले गोली चलाएको हो ।
प्रहरीले गोली चलाउँदा तीन जना घाइते भएको दैलेख प्रहरीले बताएको छ । जिल्ला प्रहरी कार्यालय दैलेखमा डीएसपी भुवनेश्वर शाहले प्रदर्शन नियन्त्रण बाहिर गएपछि गोली चलाउन बाध्य भएको बताए ।
घाइतेहरूलाई उपचारका लागि सुर्खेत ल्याउने तयारी भइरहेको छ ।
प्रकाशित मिति : २०७९ असार ३१ गते शुक्रवार





