कर्मचारीहरूको तलब १५ प्रतिशत बढ्यो, यस्ताे छ नयाँ तलब



काठमाडाैं । सरकारले राष्ट्रसेवक कर्मचारीहरूको तलब वृद्धि गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतवार दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै प्रस्तुत गरेको आव २०७९/०८० को बजेटमार्फत १५ प्रतिशत तलब वृद्धिको घोषणा गरिएको हो ।

बढेको तलब आगामी आवको शुरू (साउन)देखि लागू हुनेछ । अघिल्लो वर्ष तलब वृद्धि नगरेको सरकारले आर्थिक संकटका बावजुद पनि कर्मचारीको तलब बढाएको हो ।

मुख्य सचिवको ग्रेडबाहेकको तलब १० हजार ७१ रुपैयाँले बढेर ७७ हजार २११ पुगेको छ । सचिवको ७२ हजार ८२, सहसचिवको ५६ हजार ७ सय ८७, उपसचिवको ४८ हजार ७ सय ३७, अधिकृतको ४३ हजार ६८९, नासुको ३४ हजार ७३० र खरदारको ३२ हजार ९ सय २ पुगेको छ ।

हेर्नुहोस्,बढेको तलब:

प्रकाशित मिति : २०७९ जेष्ठ १७ गते मङ्गलवार