तनहुँ । तनहुँको व्यास नगरपालिकाको मेयर र उपमेयर दवैमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । मेयर पदमा कांग्रेसका बैकुण्ठ न्यौपाने र उपमेयर पदमा इन्दिरा दरै विजयी भएका हुन् ।
मेयरमा विजयी न्यौपानेले उनका निकटतम प्रतिद्वन्द्वी दीपकराज जोशीलाई २५२ मत अन्तरले पराजित गरे । न्यौपानेले १२ हजार ७८ मत ल्याए भने जोशीले ११ हजार ८२६ मत पाए ।
यसैगरी उपमेयर पदमा पनि कांग्रेसकी इन्दिरा दरै १३ हजार ४९८ मतसहित विजयी हुँदा नेकपा एमालेकी बसुन्धरा घर्तीले १ हजार ४२ मत पाइन् ।
प्रकाशित मिति : २०७९ जेष्ठ ९ गते सोमवार





