यस्तो छ बागमतीलाई विकसित गर्ने गठबन्धनको घाेषणापत्र !



ललितपुर । ललितपुरकाे बागमती गाउँपालिकामा स्थानीय निर्वाचनकाे लागि गठबन्धनका उम्मेदवारले घाेषणापत्र सार्वजनिक गरेका छन् । विकास र समृद्धि खाका समेटिएको घाेषणापत्रमा केके छन् त ? हेर्नुस् पूर्णपाठ

बागमती गाउँपालिका, ललितपुरकाे गठबन्धनका उम्मेदवारहरुकाे घाेषणापत्र :
आदरणीय आमाबुवा, दाजुभाई तथा दिदी बहिनीहरूः
आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा “गाउँ-घर, टोल-टोल जाउँ गठबन्धनका साझा उम्मेदवारहरुलाई विजयी गराउँ” भन्ने नाराका साथ नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्र का साझा उमेदवारहरुलाई रुख चिन्हमा र गोलाकार भित्र रहेको हसिँया, हथौडामा छाप लगाई अत्याधिक बहुमतका साथ विजय गराई दिनुहुन हार्दिक अपिल गर्दछौं । अभिभादन सहितको जय नेपाल !

शिक्षाः

सिकाई केन्द्र विद्यालयः
-गाउँपालिका भित्र उत्कृष्ट विद्यालयलाई नमूना विद्यालयको रुपमा घोषणा गरिने छ ।
– विद्यालय शिक्षामा हाल रहेको उच्च विद्यालय छाड्ने दर (Dropout) नियन्त्रण गर्न कार्यक्रम ल्याईने छ ।
– स्थानीय पाठ्यक्रम समय सापेक्ष अनुसार तयार गरी लागु गर्नुका साथै स्थानीय मातृ भाषाको पाठ्यक्रम निर्माण गरी पठन पाठन गर्न जोड दिईने छ ।
– वालबालिकाहरुको सीप विकाश गर्न सबै विद्यालयहरुमा अनिवार्य हुनेगरी शैक्षिक मेलाको निरन्तरता दिईने छ।
– गाउँपालिका स्तरीय प्रावधिक शिक्षालय आवश्यकता अनुसार थप गरी व्यवस्थापन गरिने छ ।
– उच्च शिक्षा तथा प्रावधिक शिक्षा हासिल गरी जीवन उपयोगी शिक्षा प्राप्त गर्न विद्यार्थीहरुलाई छात्रवृति कार्यक्रमलाई निरन्तरता दिईने छ ।
– विद्यालयहरुमा आवश्यक न्यूनतम पूर्वाधार पुस्तकालय, कक्षा कोठा, शौचालय, खानेपानी र फर्निचरको व्यवस्थापन गरिने छ ।
– विद्यालय कर्मचारीहरु (लेखापाल, सहयोगीहरुलाई) संघिय सरकारले तोकिए बमोजिमको तलव भत्ताको व्यवस्थापन गरिने छ ।
– हरेक वडामा कम्तीमा एक वडा नमूना बालविकास केन्द्र स्थापना गरिने छ ।
– हरेक विद्यालयमा प्रविधि मैत्री शिक्षा (Digital Learning) कार्यक्रमलाई जोड दिईनेछ ।
– कम्प्यूटर सहितको अत्याधुनिक ल्याब प्रत्येक विद्यालयहरुमा व्यवस्था गरिने छ ।
– स्कुल भन्दा बाहिर रहेको वालबालिकाहरुलाई स्कुलमा ल्याउनुका साथै टिकाउने र सिकाउने वातावरण सिर्जना गर्न जोड दिईने छ ।
– गाउँपालिका भित्र रहेको विद्यार्थीहरुलाई स्नातक तहको शिक्षालाई अध्ययन अध्यापन गर्न गराउन त्रिभुवन विश्वविद्यालयको सहकार्यमा उचित व्यवस्थापनमा पहल गरिने छ ।
– विद्यार्थीहरुको शिक्षाप्रति मनोवल वढाउन मनोपरामर्शको कक्षा सञ्चालन गरिने छ ।

जागरुक अविभावकः
– विद्यालयको कार्यक्रममा अविभावकको उपस्थितिलाई कम्तीमा ७५% पुर्याउने लक्ष्य राखेको छ।
– अविभावकसंग सम्बन्ध विस्तार गर्ने प्रत्येक विद्यालयबाट टोल भेला चौमासिक रुपमा गरिने छ।
– अविभावक तथा विद्यार्थीहरुका लागि प्रभावकारी गुनासो संयन्त्रको व्यवस्था गरिने छ ।

उत्प्रेरक शिक्षक:
– आवश्यक विद्यालयहरुमा स्वयम सेवक शिक्षक व्यवस्थापन गरिने छ, शिक्षकहरुलाई आवश्यकता अनुसारको तालिमको व्यवस्था गरिने छ ।
– शिक्षकहरुलाई कार्य सम्पादनको आधारमा उत्कृष्ट शिक्षक सम्मानलाई निरन्तरता दिईने छ ।
– शिक्षकहरुलाई प्रविधिको शिपविकास कार्यक्रम सञ्चालन गरिने छ ।

सवल नेतृत्व तथा व्यवस्थापन
– प्रतिष्पर्धाको आधारमा पूर्ण अधिकार सहित करार अवधि रहने गरी सवै विद्यालयहरुमा जवाफदेहिता सहितको नेतृत्व तथा शिक्षक कर्मचारीहरु व्यवस्थापन गरिने छ ।
– विद्यालय व्यवस्थापन समितिलाई दलिय भागभण्डाबाट मुक्त राखी विद्यालय विकासका सुधारमा प्रतिवद्धता व्यवस्थपन समिति वनाइनुका साथै गाउँशिक्षा नियमावलीलाई निरन्तरता दिइने छ ।
– नेतृत्व विकास तालिमको व्यवस्थापन गरिने छ ।

जवाफदेहिता शिक्षा प्रणाली:
– ई हाजिरीको व्यवस्थापन सवै विद्यालयमा गरिनुको साथै जनप्रतिनिधि कर्मचारी र स्थानीयवासी रहेको सहयोग समूह स्थापना गरी नियमित अनुगमन गरिने छ ।
नीति योजना तथा प्रशासकिय सुधारः
– गाउँपालिकाले आफनो अधिकार भित्र रहि आवश्यक नीति, ऐन नियम बनाई लागु गरिने छ ।
– सामुदायिक सिकाई केन्द्र र सार्वजनिक पुस्तकालयको व्यवस्थापन सवै वडाहरुमा गरिने छ ।
– प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिति र विद्यार्थीहरुलाई आवश्यकता बमोजिम शैक्षिक भ्रमणको व्यवस्थापन गरिने छ ।

स्वास्थ्यः
“सवैलाई स्वास्थ्य बिमा सवल स्वास्थ्य प्रणाली”

सवै नागरिकलाई स्वास्थ्य विमाः
– ६५ बर्षमाथिका ज्येष्ठ नागरिक, अशक्त, अपांग, अति विपन्न, दलित, एक्कल महिला पुरुष र स्वास्थ्य महिला स्वयमसेविकालाई विमा रकमको ५०% रकम अनुदानको व्यवस्था गरिने छ ।
– स्वास्थ्य विमा मार्फत विशेषज्ञ स्वास्थ्य सेवाको दायरा बढाईने छ ।
– ५ वर्ष भित्र सवै नागरिकको पूर्ण स्वास्थ्य विमा गरिने छ ।

मातृ शिशु, स्वास्थ्य तथा पोषण :
– गाउँपालिका भित्रमा हुने प्रत्येक सुत्केरीलाई दुई हजारको दरले भत्ता व्यवस्थापन गरिने छ ।
– हरेक वडामा दक्ष स्वास्थ्यकर्मी सहित प्रसुती केन्द्रको व्यवस्थापन गरिने छ ।
– हरेक वडाहरुमा स्वयमसेविका भत्तालाई निरन्त्रता दिइने छ ।
– हरेक वडामा वर्षको दुई पटक स्वास्थ्य शिविर सञ्चालन गरिने छ ।
– प्रत्येक वडाका स्वास्थ्य चौकीहरुलाई आवश्यकता अनुसार स्तर उन्नति गरिने छ ।
– गाउँपालिका स्तरिय अस्पताललाई आवश्यकता अनुसार थप सुधार गरिने छ ।
– स्थानीयवासीहरुमा एम्बुलेन्स सेवा थप गरी निरन्तरता दिईने छ ।
– आयुर्वेदिक औषधालयमा लगानी गरी उचित व्यवस्थापन गरिने छ ।
– आवश्यकता वमोजिम प्रत्येक वडामा गाउँघर क्लिनिक निर्माण गरिने छ ।

कृषिः
किसान कल्याण
– किसानको सुचिकरण र वर्गीकरण गरिने छ ।
– कृषि सामाग्री तथा कृषि सेवामा सुनिश्चितता गरिने छ ।
– कृषि बिमामा अनुदानको कार्यक्रम ल्याइने छ ।
– उन्नत विउ विजन, एवम उन्नत नसलका पशुपंक्षीमा अनुदानको व्यवस्थापनमा निरन्तरता दिइने छ।
– पशुहरुमा कृतिम गर्भधारणमा विषेश अनुदानको व्यवस्था गरिने छ ।
– उत्पादनमा अधारित अनुदान कार्यक्रम सञ्चालन गरिने छ ।
– प्रत्येक वडामा तरकारी संकलन केन्द्रको स्थापना गरी वजारिकरणको व्यवस्थापन गरिने छ ।
– कृषिमा अधारित उद्योग स्थापनालाई प्रोत्साहन गर्नुको साथै कृषि मेला गरी उत्कृष्टताको आधारमा पुरस्कृत गर्ने कार्यलाई निरन्तरता दिइने छ ।
– कृषि यन्त्र तथा उपकरणहरुको आवश्यक पहिचान गरी अनुदानमा आधारित वितरण कार्यक्रम लागु गरिने छ ।
– रसायनिक मलको आभावलाई पूर्ति गर्न गड्यौला मल उत्पादन कार्यलाई प्रोत्साहन गरिने छ ।
– पालिका स्तरीय पशु प्रजनन केन्द्रको स्थापना गरिने छ ।
– तरकारी दुध तथा नगदे बाली कार्यक्रम लाई विशेष प्राथमिकतामा राखी बार्षिक रुपमा प्रत्येक वडामा उत्कृष्ठ किसान घोषणा गरी पुरस्कृत गरिने छ ।
– प्रत्येक वडा भित्र रहेका दुग्ध चिस्यान केन्द्रहरुलाई व्यवस्थित गरिने छ ।
– उत्पादनम आधारित लिटर अनुदान कार्यक्रम सञ्चालन गरिने छ ।
– पशु बिमा कार्यक्रम अन्तर्गत लागु गरिएको ५०% अनुदानलाई निरन्तरता दिइने छ ।
– प्रत्येक वडामा कृषि तथा पशुपक्षी प्राविधिकहरुको व्यवस्था गरिने छ ।
– किसानको खेत बारीमा नै प्रावधिक सेवा उपलब्ध गराइने छ ।
– कृषि विकासका लागि अध्ययन अनुसन्धान गरी कृषि पकेट क्षेत्रको रुपमा विकास गरिने छ।
– कृषिजन्य बस्तु, मल, विउ, यन्त्र उपकरण आदि सहकारी सेवा संस्था मार्फत बिक्री बितरण गर्ने व्यवस्थालाई व्यवस्थित र प्रभावकारी बनाईने ।
– जडीबुटीको उत्पादन, प्रसोधन र व्यवस्थापनमा विशेष जोड दिईने छ ।
– सरकारी अनुदानमा विज्ञहरुको टिमबाट कृषि अध्ययन अनुसन्धान गरी (Demo) देखाई उत्पादन बृद्धि गराउन जोड दिईने छ ।

स्रोत तथा बित्तिय व्यवस्थापन:
– स्थानीय सरकारको राजस्व अभिबृद्धि र कर प्रशासनको रणनीति, दायरा बढाउन, दर घटाउने सिद्धान्तको प्रयोग गर्ने ।
स्थानीय तहको राजस्व सुधार कार्ययोजनाः
– कर कानुन पालनाको रणनिति कार्ययोजना गर्ने ।
– सरल र सहज कानुन बनाईने छ ।
– जनताले कर तिर्न सक्ने गरी दर कायम गर्ने ।
– कर संकलनका लागि अनुगमनलाई निरन्तरता दिइने ।
– कर संकलन गर्न आवश्यक तालिम जनचेतना मूलक कार्यक्रम सञ्चालन गर्ने ।

पूर्वाधार विकास कार्यक्रमः
सडक तथा यातायात

– पालिका भित्रका निर्माण गरिएका मोटर बाटोहरुलाई आवश्यकता अनुसारले फराकिलो पार्दै ग्राभेल गर्ने कार्यको सुरुवात गरिने छ ।
– सडक पूर्वाधारको गुणस्तर मर्मतमा विशेष ध्यान दिने,
– सडक दुर्घटनाको न्युनीकरणका लागि सडक सुरक्षा सम्बन्धि जन चेतना मूलक कार्यक्रम सञ्चालन गरिने छ ।
– ग्रामीण क्षेत्रलाई सहर संग जोड्ने सहरी स्थानीय तहसंग सहकार्य गरी सार्वजानिक यातायातको पहुँच बढाइने छ ।
– झाँगलकोट जिम्वु डाँडा छालटार मोटर बाटो निर्माण गरिने छ ।
– कान्तिलोकपथ वगुवा, प्युटार आश्राङ गिम्दी सडक, भट्टेडाँडा इकुडोल सडक, टिकाभैरव घुसेल सालघारी माल्टा सडकलाई नियमित रुपमा सञ्चालन गर्न आवश्यक पहल गरिने छ ।
– निजी क्षेत्रको सहकार्यमा समेत पर्यटकीय स्थानहरुमा केवलकार जिप लाईन रोप वे निर्माण तथा सञ्चालनमा सहजीकरण गरिने छ।
– अगामी तीन बर्ष भित्र आवश्यक सम्पूर्ण झोलुङे पुल सम्बन्धित निकाय संग समन्वय गरी निर्माण गरिने छ साथै आवश्यकता र माग अनुसार विशेष प्रकृतिमा पर्यटकीय महत्व रहेका ठाउँहरुमा झोलुङे पूल निर्माण गर्न आवश्यक सहजीकरण र पहल कदमी गरिने छ।
– खुर्मी बागमती पक्की पुल निर्माणका लागि पहल गरिने छ।
– महाँकाल खोल्चा पक्की पुल निर्माणका लागि पहल गरिने छ ।

वातावरण संरक्षणः
– सबै घरपरिवारलाई विधुतबाट खाना पकाउने बाताबरण सृजना गर्न प्रत्येक घर परिवारलाई विषेश अनुदान कार्यक्रम ल्याइने छ ।
– पालिका स्तरीय नर्सरीलाई व्यवस्थित गरी आवश्यकता अनुसार बृक्षारोपण गरिने छ ।
– सार्बजनिक स्थानमा आवश्यकता अनुसार सार्वजनिक शौचालय निर्माण गरिने छ ।
– सौर्य लगायत नविकरण उर्जाको लागि विषेश कार्यक्रम ल्याईने छ ।
– प्रत्येक बडामा रहेका सामुदायिक वनक्षेत्रलाई संरक्षण र सम्बर्द्धन गरिने छ ।
– फोहरमैला व्यवस्थापनका लागि निति नियम बनाई उचित कार्यक्रम बनाईने छ ।

आधारभूत पूर्वाधार विकास कार्यक्रमः
– एक वडा एक पर्यटकिय पूर्वाधारको विकास गरिने छ ।
– एक वडा एक खेल मैदान व्यवस्थापन गरिने छ ।
– प्रत्येक टोलमा आवश्यकता अनुसार सामुदायिक भवन निर्माण गरिने छ ।
– विद्युतीकरण हुन बाँकी सबै टोलहरुमा बिजुली बत्तीको पहुँच पुर्याउन आवश्यक पहल गरिने छ।
– आवश्यकता अनुसार बृक्षारोपण गरिने छ ।
– सार्बजिनिक स्थानमा आवश्यकता अनुसार सार्वजनिक शाैचालय निर्माण गरिने छ ।
– सौर्य लगायत नविकरण उर्जाको लागि विषेश कार्यक्रम ल्याईने छ ।
– प्रत्येक बडामा रहेका सामुदायिक वनक्षेत्रलाई संरक्षण र सम्बर्द्धन गरिने छ ।

खानेपानी तथा सिंचाई
– डिपबोरिङ्ग लिफटिङ्ग तथा पानीको श्रोतलाई उपयोग गरी घरघरमा शुद्ध खानेपानी वितरण गरिने छ।
– सिचाई हुन सम्भाव्य सबै जमिनमा १२ महिन नै सिचाई हुने गरी सिचाई कार्यक्रम सञ्चालन गरिने छ ।

सुचना तथा सञ्चारः
– स्थानीय तहलाई प्रविधि मैत्री बनाईने छ।
– सबै गाउँ तथा टोलहरुमा इन्टरनेट सेवा पुर्याईने छ।
– गाउँपालिका भित्रका सवै सरकारी कार्यलय भित्र ईन्टरनेट सेवा पुर्याइने छ ।
– आश्राङ तथा गिम्दीमा नेपाल टेलिकमका टावर निर्माणका लागि आवश्यक पहल गरिने छ ।
– गाउँपालिकाको पहलमा मासिक रुपमा एक बुलेटिन प्रकाशित गरिने छ ।

विपद व्यवस्थापन
– भविष्यमा आईपर्ने विपद व्यवस्थापन पूर्व तयारीको लागि चाहिने हरेक वडामा विपद व्यवस्थापन कोष स्थापना गरी व्यवस्थापनको लागि चाहिने उपकरण औजार एवम दक्ष जनशक्ति सहायता कक्ष स्थापना गरिने छ ।

पर्यटन संस्कृति तथा सम्पदाः
– विभिन्न भाषाभाषी जातजाती धर्मालम्बीहरुको मठ मन्दिर, गुम्बा, चर्च घाट र समाधी स्थलको वैज्ञानिक ढंगले पहिचान गरी उचित व्यवस्थापन गरिने छ ।
– स्थानीय संस्कृति झल्किने गरी होम स्टेको प्रवर्द्धन र व्यवस्थापन सहित निरन्तरता दिईने छ ।

प्रशासनः
नागरिक बडापत्र बमोजिम जनताको कामकार्वाहलाई चुस्तदुरुस्त र जवाफदेही तवरवाट सेवा प्रदान गरिने छ।
– कर्मचारीहरुको व्यवस्थापन र पद पूर्ती गर्दा प्रचलित स्थानीय कानून बमोजिम स्थानीयलाई ग्राहयत दिईने छ।

स्वरोजगार
युवाहरुको बेरोजगारीलाई ध्यान दिई रोजगारीको अवसरका लागि तथ्यांक संकलन गरिनेछ ।
– युवाहरुलाई स्वरोजगार लक्षित गरी व्याज अनुदानको व्यवस्था गरिने छ ।
– विभिन्न सिपमूलक तालिमहरु सञ्चालन गरी रोजगारीको अवसर सिर्जना गराईने छ ।
– पालिका भित्र रहेका खानी तथा भूगर्भ अन्तर्गत विभिन्न धातुहरु तथा चुनढुंगाहरुलाई विज्ञ माफर्त अध्ययन अनुसन्धान गरी उद्योगको रुपमा स्थापना गरिने छ ।

प्रकाशित मिति : २०७९ बैशाख २५ गते आइतवार