चर्चामा आउन अनेक हत्कण्डा : पहिले संगीत चोरको आरोप, अहिले माफी !



काठमाडौं । ‘नोगेन’ गीतका संगीतकार महेश खड्कालाई संगीत चोरीको आरोप लगाउने संगीतकार बसन्त सापकोटाले माफी मागेका छन् । आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत संगीतकार सापकोटाले आफूबाट गल्ती भएको भन्दै खड्कासँग माफी मागेका हुन् ।

संगीतकार सापकोटाले खड्कासँग आगामी दिनमा मिलेर जाने पनि बताएका छन् । मानिसबाट जानी नजानी गल्ती हुने पनि भनेका छन् ।

उनले फेसबुकमार्फत भनेका छन्, ‘सबैलाइ नमस्कार जानी नजानी मनिसबाट गल्ती हुन्छ ! कुराहरु जति धेरै बढाउँदै लग्यो त्यतिनै बिग्रदै जाने हुनाले मबाट केही गल्ति भएको छ भने सबैजना सङ्ग माफी माग्दछु !! सुषुप्त मनभित्र कहिले काहीँ राम्रो धुनहरु बस्न जान्छन कहिले काहिँ एकै खालका शब्दहरु आउदा धुनपनि मिल्न जान्छ यहि कुरालाइ हृदयङ्गम गर्दै आदरणीय दाजु महेश खड्का सङ्ग आगामी दिनमा केहि असमजदारि देखा परे मिलेर समाधान गर्नेगरि मेरो तर्फबाट पर्न गएको असुबिधाप्रति माफी चाहन्छु !!!!’

संगीतकार खड्काले ‘शिलशिला’ को सागर सरी चोखो मायाबाट संगीग चोरेको भन्दै सापकोटाले चोरीको बात लगाएका थिए ।

प्रकाशित मिति : २०७८ फाल्गुन २ गते सोमवार