काठमाडौं । काठमाडौंमा आगामी शनिबार र बिहीबार सुरक्षा व्यवस्था कडा बनाइएको छ । काठमाडौं प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा बसेको जिल्ला सुरक्षा समितिको बैठकले आगामी शनिबार र बिहीबार काठमाडौंमा सुुरक्षा व्यवस्था कडा बनाउने निर्णय गरेको छ ।
उक्त शनिबार र बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारी औपचारिक कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेकाले सुरक्षा व्यवस्था कडा बनाइएको हो । राष्ट्रपति भण्डारी शनिबार बिहान ११ बजे स्वयम्भूमा र बिहीबार दिउँसो २ बजे अनामनगरमा आयोजित कार्यक्रममा उपस्थित हुने भएपछि सुरक्षा व्यवस्था कडा बनाइएको छ ।
राष्ट्रपति भण्डारीले शनिबार स्वयम्भुको महाचैत्यस्थित पुनःनिर्मित भजनस्थलको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । बिहीबार अनामनगरस्थित महालेखा परीक्षकको नवनिर्मित भवनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
प्रकाशित मिति : २०७८ मङ्सिर ३ गते शुक्रवार





