मन्त्रीको गाडीले मोटरसाइकललाई दियाे ठक्कर, मन्त्री फरार !



काठमाडौं । लुम्बिनी प्रदेश सरकारका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री अजय शाही चढेको गाडीले बिहीवार मोटरसाइकललाई ठक्कर दिएको छ । मन्त्री शाही चढेको भे१झ ३३१ नम्बरको गाडीले लु७८प ५६६३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।

बिहीवार दिउँसो ४ बजे बुटवलबाट भैरहवातर्फ जाँदै गर्दा रुपन्देहीको तिलोत्तमा-३ शंकरनगरमा बुटवल उपमहानगरपालिका-१२ तामनगर निवासी २० वर्षीय मिगिन मगरको मोटरसाइकललाई ठक्कर दिएको छ । दुर्घटनालगत्तै मन्त्री शाही अर्को गाडीमा चढेर फरार भएका स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् ।

घाइते मिगिन मगरलाई आफन्तले उपचारका लागि अस्पताल पुर्‍याएका छन् । घटना भएको केही समयपछि मात्रै ट्राफिक प्रहरी घटनास्थल पुगेको थियो । ईलाका प्रहरी कार्यालय बुटवलमा डीएसपी पंकज चुदालीले घाइतेको क्रिमसन अस्पताल तिलोत्तमामा उपचार भइरहेको बताए । घाइतेको अवस्था सामान्य रहेको र ठक्कर दिने गाडी प्रहरीको नियन्त्रणमा रहेको चुदालीले जानकारी दिए ।

प्रकाशित मिति : २०७८ कार्तिक ११ गते बिहिवार