सोझो र इमानदार मान्छेलाई इज्जत होइन प्रयोग गरिन्छ यहाँ !



१. पैसाको पछि मुर्खहरु मात्र लाग्छन बुद्धिमानले त काम खोज्छन काम, किनकी उनिहरुलाई थाहा छ कर्म नै पैसा हो ।

२. बदलिने मौसम, बदलिने सम्बन्ध र बदलिने मान्छे नदेखिए पनि महसुस अवस्य हुने गर्छ ।

३. कस्तो चमत्कार छ यो प्रकृतिको; जिउदो मान्छे पानी डुब्छ र मुर्दा तैरीएर देखाउछ ।

४. यो मृत्यु पनि बडो गजब को चिज हो साथीहरु एकदिन मर्नको लागि पुरै जिन्दगीभर बाँच्नुपर्छ ।

५. अंदाज़ केही अलग छ मेरो सोच्ने, सबैलाई गन्तव्य को शौक छ र मलाई बाटोको ।

६. राम्रो सोच ले मान्छेलाई हमेशा राम्रोबाटो देखाउछ ।

७. यदि अन्डा बाहिरको बलले फुट्यो भने, जीवन को समाप्त हुन्छ, तर यदि भित्रको बलले फुट्यो भने सुनौलो जीवनको सुरुवात हुन्छ तेसैले महान कुरा र सफलता सधै भित्र बाट सुरु हुन्छ ।

८. सानो मान्छे र सानो “नोट” कठिन परीस्थितिमा काम आउँछ व्यवहार सबैसित राख्नुस ।

९. पानी बिना नदी बेकार हुन्छ, अतिथि बिना आँगन बेकार हुन्छ । प्रेम हुदैन भने साथी-नातेदारहरु बेकार हुन्छ । पैसा हुदैन भने पकेट बेकार हुन्छ। र जीवन मा मित्रता छैन भने जीवन नै बेकार हुन्छ ।

१०. बस्, मुस्कुराउन सिक्नुपर्दछ रुन त जन्मिने बित्तिकै विरासतमा मिलिसकेको थियो ।

११. काँचो घर हेरेर कसैसित सम्बन्ध नतोड्नु साथीहरु अनुभव छ मेरो कि माटोको पकड मजबुत हुन्छ सिमेन्ट मा त अक्सर खुट्टा चिप्लिएको देखेको छु ।

१२. कुरा गर्न मजा त ती मान्छेहरुसित हुन्छ जोसित बोल्नको लागि पहिला केही सोच्नुपर्दैन ।

१३. एउटा राम्रो चरीत्रको निर्माण हजारपटक ठक्कर खाएर नै बन्दछ ।

१४. अक्सर त्यही मान्छे हमेशा दोषी बनिदिन्छ जसले हमेशा सबैलाई खुशी राख्न चाहन्छ।

१५. हिजो सम्झेर आज पछुताउनु र भोलि सम्झेर आज रमाउनुको केही औचित्य छैन !

१६. जतिसुकै रिसाए पनि त्यो रिसको अन्त्य माफि बाटै हुनेछ,यदि दुई बिचको सम्बन्ध प्रगाढ, साचो, सत्य र निस्वार्थ छ भने !

१७. सोझो र इमानदार मान्छेलाई इज्जत होइन प्रयोग गरिन्छ यहाँ ।

प्रकाशित मिति : २०७८ कार्तिक १ गते सोमवार