हाम्रो सम्मानित अध्यक्ष हुनुहुन्छ केपी ओली, अब मिलेर एमालेलाई बलियो बनाउँछौं : भीम रावल



सत्तारूढ दल नेकपा (एमाले) का उपाध्यक्ष डा. भीम बहादुर रावलले सर्वोच्च अदालतले माग नै नगरेको विषयमा प्रवेश गरेर नेकपाको विषयमा फैसला गरेको टिप्पणी गरेका छन् । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता रावलले यस्तो बताएका हुन् । आफूहरु एमालेमा फर्किएको सुनाउँदै उनले अब पार्टीलाई एकदम बलियो बनाउने पनि सुनाए । प्रस्तुत छ रावलसँगको कुराकानीको सम्पादित अंश :

तपाईँ एमालेको उपाध्यक्ष बन्नुभयो होईन ? म पहिलेपनि थिएँ । अहिले अदालतले पूर्ववत अवस्थामा रहने भनेपछि म पनि पूर्ववत् आफनो पदमा रहेँ । अब केपी शर्मा ओलीलाई मनैदेखि अध्यक्ष मान्न सक्नुहुन्छ ? यो कुनै व्यक्तिगत मामला थिएन । यो राजनीतिक विधि, पद्धती, प्रणाली, राष्ट्रिय स्वाधिनता, स्वतन्त्रता र स्वाभिमानको एउटा अन्तरसंघर्ष थियो । पार्टीमा उहाँप्रति मेरो व्यक्तिगत ईष्र्या भाव, द्धेष आदि केही पनि थिएन ।

अब सर्वोच्च अदालतले यो जुन फैसला राजनीतिक रूपमा गर्यो, हामीले त्यसप्रति असहमति त जनाईनै सकेका छौँ । किनभने माग गर्दै नगरेको कुरामा प्रवेश गरेर फैसला गर्यो । तर, त्यो गरेपनि हामीले त्यसलाई स्वीकार गर्छौं । र नेकपा एमाले पूर्ववत अवस्थामा रहनेछ भनेर फैसला गरेपछि अब तत्कालिन् नेकपा एमालेको नवौं महाअधिवेशनबाट निर्वाचित अध्यक्ष केपी शर्मा ओलीजी र अन्य नेताहरू, हामीहरू सबै अब एकठाउँमा हुन्छौँ ।

नेकपा एमालेलाई एकदम बलियो बनाउँछौँ । हाम्रो राष्ट्रिय स्वाधिनता, हाम्रो आफनो यो देशको अधिकारमाथि आघात पुर्याउने बाहृय तथा आन्तरिक सम्पुर्ण षड्यन्त्रलाई हामीले अब विफल पार्छौं । त्यस्तो दिन पनि आयो है भीम रावलजी, यहाँले फेरि केपी ओलीलाई नै अध्यक्ष मान्नुपर्ने भयो है ? होईन, हिजोपनि उहाँ अध्यक्ष हुनुहुन्थ्यो । तपाईँले भन्नुभएको थियो–केपी ओलीलाई मैले कहिल्यैपनि स्विकार्दिन । उहाँ निरंकुश तानासाहा हो, र हामी गलत निर्णयको विरोध गछौ भन्नुभएको होइन ?

तपाईलाई म स्मरण गराउँछु । जुन÷जुन निर्णयहरूमा मैले भनेजस्ता व्यवहारहरु देखिए, जुन÷जुन निर्णयहरू पार्टीको विधिसम्मत देखिएनन । त्यहाँ÷त्यहाँ मैले त्यो प्रश्र उठाएको थिएँ । र अहिलेपनि म भन्छु । उहाँ नेकपाको नवौं महाअधिवेहनबाट निर्वाचित अध्यक्ष हुनुहुन्छ । म पनि त्यही महाअधिवेहनबाट अत्यधिक मतले निर्वाचित उपाध्यक्ष थिएँ । उहाँ प्रधानमन्त्री हुँदा, म उपप्रधानमन्त्री भएको थिएँ । त्यसकारण उहाँ र मेरो लामो समय संगत भएको कुरापनि तपाईँ स्मरण गनुहोस् ।

कुरा के मात्रै थियो भने कतिपय विषयहरूमा हाम्रा मत–मतान्तर थिए । र त्यो मतमतान्तर तर चर्किदै यतिसम्म पुगेको थियो भने जहाँ तपाईले भनेका जस्ता शब्द प्रयोग गर्नुभएको थियो । तर सर्वोच्च अदालतले फेरि नेकपा एमाले यथावत रहन्छ भनेपछि त हामी अब एक ठाउँमा जान्छौँ । हाम्रो नीति छन् । प्रणाली छन् । घोषणा छन् । सिद्धान्त छन् । विधि छन् । प्रक्रिया छन् । अब त्यो कुरामा अगाडि बढ्छौ । व्यक्तिगत रुपमा उहाँसंग मेरो केही पनि छैन । पार्टीको उहाँ अध्यक्ष हो । म उपाध्यक्ष हो । अरूपनि उपाध्यक्ष हुनुहुन्छ । हामी बृहत्त राष्ट्रिय हितलाई ध्यानमा राखेर अघि बढ्छौं ।

तपाईँहरूको लागि पद ठुलो कुरा भयो होईन, किनभने तपाईको पद जाने भयो ? केपी शर्मा ओलीलाई तपाईले साथ नदिँदाखेरि त तपाईको पद नै जाने भयो नि त ? तपाईँको कुरा पुर्णरूपमा गलत हो । ओलीलाई साथ नदिएमा तपाईँको सांसद् पद पनि जान्छ नि त ? त्यसैले केपी ओलीलाई साथ दिनुको विकल्प छैन ? तपाईँले जे शब्द प्रयोग गर्नुभयो, त्यो शब्द अहिलेको राष्ट्रिय राजनीति, सर्वोच्च अदालतको फैसलासम्मत छैन । यहाँ भीम रावलको मात्रै प्रश्र छ र ? तत्कालिन् नेकपा एमालेबाट निर्वाचित संख्या हेर्नुहोस न ।

संघको संख्या हेर्नुहोस् । प्रदेशको संख्या हेर्नुहोस् । जनसंगठनको हेर्नुहोस के छ ? भीम रावलको मात्रै प्रश्र हो यो ? नेकपा एमालेलाई सर्वोच्च अदालतले राजनीतिमा प्रवेश गरेर यस्तो काम गरिसकेपछि । कम्युनिष्ट आन्दोलनलाई कसरि जोगाउने ? व्यक्ति भनेको अजर अमर छ र यो दुनियाँमा ? छैन नि । त्यसकारणले यहाँ कुनै व्यक्तिप्रतिको विरोध र समर्थन होईन । यहाँ प्रश्र के हो भने ? सर्वोच्च अदालतले एमालेलाई एकै ठाउँमा राखेपछि हामी सबै यथावतमा आयौं ।

प्रकाशित मिति : २०७७ फाल्गुन २६ गते बुधवार